• 1:40 am

इजरायलमा इरान-हिजबुल्लाहले आक्रमण गर्ने खतरा

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ०४:३९

कात्तिक २०, २०८० काठमाडौँ: इजरायल र हमासबीचको हमला सुरु भएको एक महिना पूरा हुन लागेको छ । यसबीचमा दुवैतर्फबाट आक्रमणहरु जारी रहेका छन् । इजरायलमा हमासको आक्रमणमा हालसम्म १४ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने गाजा पट्टीमा इजरायली सेनाको जवाफी हमलामा करिब १० हजारको ज्यान गएको छ ।


यसैबीच, लेबनानको इरान समर्थित संगठन हिजबुल्लाहबाट इजरायलमाथि आक्रमणको खतरा बढ्दै गएको छ । इरानले इजरायललाई धेरै पटक गम्भीर चेतावनी दिएको छ। यो अवस्थालाई मध्यनजर गर्दै अमेरिकाले पश्चिम एसियामा आफ्नो एउटा आणविक पनडुब्बी लन्च गरेको घोषणा गरेको छ ।


सीएनएनका अनुसार निर्देशित मिसाइल पनडुब्बीहरू पश्चिमी एशियामा पठाइएको छ। यो कदम मार्फत अमेरिकाले इरान र त्यसका सहयोगी संगठनहरूलाई इजरायल–हमास द्वन्द्वमा नलाग्न सीधा चेतावनी दिएको विश्वास गरिन्छ ।

प्रतिकृया