• 4:02 am

राष्ट्रपतिले जलविद्युत क्षेत्रमा लगानी गर्न व्यापारीलाई आह्वान गरे

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ११:४७

कात्तिक २०, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ र एसिया प्यासिफिक उद्योग वाणिज्य महासङ्घले सोमबार काठमाडौँमा आयोजन गरेकोे ३७ औँ एसिया प्यासिफिक उद्योग वाणिज्य महासङ्घको सम्मेलनमा उद्घाटन गर्दै उनले व्यापारीहरूलाई लगानी गर्न आग्रह गरेका हुन्।


दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, एसिया प्यासिफिक उद्योग वाणिज्य महासङ्का अध्यक्ष पिटर म्याकमुलिन एएम ,अर्थमन्त्री डा प्रकाशशरण महत लगायतकाे उपस्थिती रहेकाे छ।


‘नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु,’ उनले भने।


कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको उनले बताए।


‘नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ। म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु’, उनले भने।


राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरुलाई सहयोग गर्न पनि आह्वान गरे ।


उनले साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए।


‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो। साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन्। तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्,’ उनले भने।

प्रतिकृया