• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

अध्यक्ष आरके शर्माको नेतृत्वमा एनआरएनए टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ११:४५

कात्तिक २०, २०८० काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सहयोग पुराउन त्यसतर्फ प्रस्थान गरेको छ । राहत सामग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको हो ।

National Life

यस अघि अध्यक्ष शर्माले आउँदो दुइ वर्षभित्र रु १० करोडको विपद् सहायता कोष बनाउने घोषणा गरेका थिए । एनआरएनए टोली भूकम्प पीडितहरुका लागि त्रिपाल, कम्बल, औषधि लगायतका आवश्यक सामग्री सहित जाजरकोट प्रस्थान गरेको संघका महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।


यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् सहायता कोषका लागि सहयोग रकम घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले रु २१ लाख, महासचिव सुवेदीले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए । अहिलेसम्म झन्डै रु एक करोड संकलन भैसकेको कोषाध्यक्ष ढुंगानाले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्धार कार्यमा सरकारलाई सघाउने उद्देश्यले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर आफुहरु प्रस्थान गरेको अध्यक्ष शर्माले जानकारी दिए । सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारी निकायसंग समन्वय गरेर नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माले बताए ।


गत शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भूकम्पमा परी १५० जना भन्दा बढीको ज्यान गएको छ भने झन्डै ४०० जना घाइते भएका छन् ।

प्रतिकृया