• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

सिद्धार्थ बैंकले घोषणा गरेको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार १२:१०

कात्तिक २०, २०८० काठमाडौँ: सिद्धार्थ बैंक लिमिटेडले घोषणा गरेको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले यस अघि आफ्नो साधारणसभा तथा लाभांश प्रयोजनार्थ कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात आज सम्म नेप्सेमा कारोबार भइ कायम रहेकाले मात्र बैंकले घोषणा गरेको साधारणसभामा भाग लिन र पारित भएको लाभांश पाउनेछन।

National Life

कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारणसभा सम्बन्धि विभिन्न निर्णयहरु गरेको थियो । कम्पनीका अनुसार आगामी मङ्सिर ५ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेबाट साधारणसभा सञ्चालन हुनेछ । साधारणसभाका सामान्य प्रस्तावमा २२ औं वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण छलफल गरि पारित गर्ने, सहायक कम्पनी सिद्धार्थ क्यापिटलको वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायत रहेका छन् ।


कम्पनीले गत वर्षसम्मको सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया