• 11:23 pm

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, ६ जनाले पाए ११ कित्ताका दरले शेयर

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ११:२४

कात्तिक १६, २०८० काठमाडौँ: मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । आज बिहीबार धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८.३० बजे एफपीओ बाँडफाँट गरिएको हो । यो एफपीओमा अन्तिम दिनसम्म १३ लाख २१ हजार ५३६ आवेदकबाट कुल १ करोड ४८ लाख ४८ हजार ६० कित्ता शेयर माग भएको थियो।


कम्पनीको एफपीओमा अन्तिम दिसम्ममा १३ लाख २० हजार २०३ आवेदकबाट माग भएको १ करोड ४८ लाख ३१ हजार २८० कित्ता सदर भएको छ भने १ हजार ३३३ आवेदकबाट परेको १६ हजार ७८० कित्ता बदर र रद्द भएका छन् ।


मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जसमा भाग्यमानी १२ हजार ३८१ जनाले १० कित्ताका दरले शेयर पाएका छन भने तिनै भाग्यमानी आवेदकमध्ये ६ जनाले थप १–१ कित्ता शेयर पाएका छन् । सदर आवेदकमध्ये १३ लाख ७ हजार ८२२ जनाको हात खाली भएको छ ।


कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असोज ४ गते कम्पनीलाई एफपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्कासन गरेको हो ।

प्रतिकृया