• 6:19 pm

आज सुन–चाँदीको मूल्य बढ्याे

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ११:२८

कात्तिक १६, २०८० काठमाडौँ: नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। पछिल्लो तीन दिन लगातार घटेको सुनको भाउ यसदिन बढेको हो। यो तीन दिनमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ घटेको छ।


सोमबार र मंगलबार प्रतितोला पाँच/पाँच सय रुपैयाँ र बुधबार प्रतितोला एक हजार रुपैयाँ गरी तीन दिनमा प्रतितोला दुई हजार रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ बढेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।


बुधबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।


त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।

प्रतिकृया