• 9:19 am

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदले गरे अनुरोध

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ११:४४

कात्तिक १६, २०८० वासिङ्टन डिसी : परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गरेका छन् । मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री वातावरण निर्माण भएको बताए ।


नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन र लगानी आकर्षित गन्तव्यको रुपमा विकास गर्न कुनै कसर नराख्ने उनको भनाइ थियो ।


अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका मन्त्री साउदले अमेरिका चेम्बर अफ कमर्सका सदस्यसँग बुधवार वासिङ्टन डिसीमा अन्तरक्रिया गर्दै उक्त आग्रह गरेका हुन् ।

प्रतिकृया