• 11:00 am

हमासको आक्रमणमा मारिएका थप तीन नेपालीको पहिचान

प्रकाशित मिति

October 31, 2023

कात्तिक १४, २०८० काठमाडौँ: इजरायलमा भएको हमासको आक्रमणमा परी मृत्यु भएका दश नेपालीमध्ये थप तीनजना नेपालीको शवको पहिचान भएको छ।


इजरायलस्थित नेपाली दूतावासका अनुसार घटनामा ज्यान गुमाएका डोटीका पदम थापा, सल्यानका प्रवेश भण्डारी र डोटीकै राजन फुलाराको पहिचान भएको हो।


योसँगै इजरायल आक्रमणमा ज्यान गुमाएका आठजनाको पहिचान खुलेको छ। आक्रमणमा घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन्।


डिस्चार्ज भएकामध्ये एकजना नेपाल आइपुगिसकेको र एकजना दूतावासको हेरचाहमा रहेको समेत दूतावासले जनाएको छ। अन्य दुईजनाको शव पहिचानको क्रममा रहेको समेत दूतावासले जनाएको छ।

प्रतिकृया