• ११ असोज २०८३, आइतबार
  • ४ः१२ बेलुका

उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार ०२:५४

कात्तिक १४, २०८० जाजरकोट : उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चिनतर्फ नाका खुल्ला गरिएपनि आवतजावत भने हुन सकेको छैन । आर्थिक गतिबिधिहरु चालु गरेर जनजीवन सहज तुल्याउन चिन र नेपालतर्फको सीमा नाँका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत हुन नसकेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले जानकारी दिनुभयो । “चिसो बढ्नै लाग्दा नाका खोल्ने सहमति भएको थियो”, उहाँले भन्नुभयो, सदरमुकाम दुनै गएर सीमा पास गराइ उपल्लो डोल्पामा आउँदा आउँदै सीमा क्षेत्रमा हिउँ परेको थियो । अहिले हिउँ र चिसोका कारण आवतजावत गर्न नसक्दा खुल्ला गरिएको सीमा नाकाबाट कुनै पनि फाइदा लिन सकिएको छैन ।

National Life

सीमा क्षेत्र खुलाउन पहल गर्नुभएका उपल्लो डोल्पाका जनप्रतिनिधि तथा प्रदेशसभासदस्य वीरबहादुर शाहीले सीमा खुल्ला गरेपनि लाभ लिन नसक्दा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो र व्यापार केही नभएका कारण अहिले नाकामा कुनै गतिबिधि हुन सकेको छैन ।”


प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले तीनमहिने प्रगति विवरणमा सिमा खुलाउने विषयलाई समेटे पनि चिसोकै कारण समस्या आएको जानकारी दिँदै हामीले यता प्रक्रिया पूरा गर्दा गर्दै ढिलो भएकाले चिसो बाधक बनेर आएको बताउनुभयो । चौध नम्बरको क्याटो र १५ नम्बकरको मरिम्ला नाका चिनसँग जोडिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तिब्बतको सिँगाचे डोङबा काउन्टीसँग जोडिएको छ । पाँच वर्षदेखि कोरोनाका कारण खुल्न नसकेको नाका निकै लामो प्रयास पछि खुले पनि सदुपयोग हुन नसकेको हो । उपल्लो डोल्पामा खाद्यान्नलगायत सामग्रीहरु धुवानी गर्न गरिएको प्रयास चिसोका कारण फेरी रोकिएको छ । उपल्लो डोल्पामा तीन पालिका छन् । अब चिसोका कारण उपल्लो डोल्पावासीहरु तलतिर झर्ने समय सुरु भइसकेको छ । यहाँका विद्यालयहरु चिसोमा बन्द हुने गर्दछन् । अहिले अधिकांश सरकारी कर्मचारीसमेत उपल्लो डोल्पा पुगेका छैनन् ।

प्रतिकृया