• ०५:५६ २०८० फाल्गुन १२ गते
  • 5:56 am

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार ०२:५८

lakshya

कात्तिक १४, २०८० काठमाडौँ: आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले रन जोड्यो । उसका लागि सायद अजिजले सर्वाधिक ६८ रन बनाए । ४९ बल खेलेका उनले ८ चौका र २ छक्का हिर्काए ।


यस्तै, जुवाईदी जुलकिफ्लेले १६ बलमा २४ रन, सार्भिन मुनीयान्दीले १२ बलमा १३ रन तथा विजय उन्नी १३ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


बलिङतर्फ नेपालका लागि अभिनास बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले एक–एक विकेट लिए ।

प्रतिकृया