• १०:२६ २०८० फाल्गुन १३ गते
  • 10:26 am

केरलामा बम विस्फोट : एकजनाको मृत्यु, ५० भन्दा बढी घाइते

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार ०५:१५

kerala

कात्तिक १२, २०८० काठमाडौँ: भारतको केरलामा आइतबार भएको विस्फोटमा कम्तीमा एकजनाको मृत्यु भएको छ । अन्य ५६ भन्दा बढी मानिस घाइते भएका छन् ।


केरलाको एर्नाकुलम जिल्लाको कालामास्सेरीस्थित क्रिश्चियन धार्मिक समूहको जामरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा विस्फोट भएको हो । बिहान करिब ९ बजे सम्मेलन केन्द्रमा प्रार्थना सुरु भएको केही मिनेटमै विस्फोट भएको बताइएको छ ।


दुईहजार भन्दा बढी मानिसको सहभागिता रहेको सम्मेलनमा चरणबद्धरूपमा तीनवटा विस्फोट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्मेलन केन्द्रमा उपस्थित मानिसहरूले पहिलो विस्फोटको विस्फोटक पदार्थ टिफिन बक्सभित्र राखिएको बताएका छन् ।


केरलामा भएको विस्फोटपछि दिल्ली र मुम्बईमा प्रहरीले उच्च सतर्कता जारी गर्दै भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ । भारतका गृहमन्त्री अमित शाहले आइतबार केरलाका मुख्यमन्त्री पिनाराई विजयनसँग घटनापछि कुरा गरेको र त्यहाँ एन्टी टेरोर बल पठाएको बताइएको छ ।

प्रतिकृया