• ०६:२० २०८० फाल्गुन १२ गते
  • 6:20 am

प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटबार्ता

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार ०३:११

gutares

कात्तिक १२, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटबार्ता भएको छ । प्रधानमन्त्री दाहालसंग गुटरेसले प्रधानमन्त्री कार्यलयमा भेट गर्नुभएको छ ।


प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको छ । भ्रमणका क्रममा गुजरेस सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।


सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।


राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो ।

प्रतिकृया