• ५ साउन २०८३, मंगलबार
  • ५:१२ बेलुका

भारतले विश्वकपमा बनायो नयाँ कीर्तिमान

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार ०१:५२

असोज २५, २०८० एजेन्सी : सन् २०२३ को विश्वकपको ९ औं खेलमा ‘रोहित’ नामको आँधी आयो । अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य पछ्याउने क्रममा रोहित शर्माले विस्फोटक शतक बनाए ।

रोहितले विश्वकपमा भारतका लागि सबैभन्दा छिटो शतक बनाए । रोहित शर्माले ६३ बलमा विश्वकपको सातौं शतक पूरा गरे । यस बाहेक भारतीय टोलीले यस खेलमा धेरै कीर्तिमान आफ्नो नाममा बनाएको छ ।

Kamana Sewa

भारत विश्वकपमा आफ्नो जितको सिलसिला कायम राख्न सफल भएको छ । २७२ रनको लक्ष्य पछ्याउँदै टोलीलाई रोहित र किशनले उत्कृष्ट सुरुवात गराए । रोहितले उत्कृष्ट शतक बनाए भने किशनले पूर्ण साथ दिए । यसपछि विराट कोहलीले आफ्नो अघिल्लो खेलको लय पनि कायम राखे । दुवैले भारतका लागि १५६ रनको साझेदारी गरे ।

Classic Tech Desktop

भारतले विश्वकपमा सातौं पटक २५० प्लसको स्कोर सफलतापूर्वक पछ्याएको छ । अन्य कुनै टोलीले पाँच पटकभन्दा बढी यो गर्न सकेको छैन । योसँगै भारतीय कप्तान रोहित शर्माले सचिन तेन्दुलकरलाई पछि पार्दै विश्वकप इतिहासमा ७ शतक बनाएका छन् ।

विश्वकपमा भारतले रनको लक्ष्य भेट्टाएको शिलशिला
–२८८ विरुद्ध जिम्बावे, अकल्याण्ड, २०१५
–२७५ विरुद्ध श्रीलंका, मुम्बई, २०११ फाइनल
–२७४ विरुद्ध पाकिस्तान, सेन्चुरियन, २००३
–२७३ विरुद्ध अफगानिस्तान, दिल्ली, २०२३
–२६५ विरुद्ध श्रीलंका, हेडिङ्ले, २०१९

प्रतिकृया