• ११ असोज २०८३, आइतबार
  • १०ः२७ बिहान

वृज सिमेन्टद्वारा मिस वर्ल्ड–२०२३ ‘ब्यूटी विथ ए पर्पोज’का लागि सहयोग प्रदान

प्रकाशित मिति

२०८० आश्विन २० गते, शनिबार १२:५३

असोज २० , २०८० काठमाडौँ: वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले यो वर्ष पनि मिस नेपाल प्रतियोगितालाई प्रायोजन गर्ने भएको छ।

National Life

विगत ७ वर्षदेखि प्रायोजकका रुपमा मिस नेपाल प्रतियोगितासँग साझेदारी गर्दै आइरहेका वृज सिमेन्टले यस वर्ष पनि यो साझेदारलाई निरन्तरता दिने भएको हो। यही डिसेम्बरमा भारतमा हुन गइरहेको मिस वर्ल्डड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्युटी विथ ए पर्पोज’ परियोजनामा पुनः वृज सिमेन्टको सहभागिता रहनेछ।


‘ब्यूटी विथ ए पर्पोज’लाई मिस वर्ल्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ। यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको पनि छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस वर्ष प्रियंकारानी जोशी आफ्नो ‘ब्युटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरुको आर्थिक उत्थानमा केन्द्रित रहेकी छन्।

प्रतिकृया