• 2:59 pm

कोन्ज्योसोममा पशु स्वास्थ्य शिबिर हुने हुँदै

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ०१:१३

असोज १८, २०८० ललितपुर : ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले पशु स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ ।गाउँपालिकाले वडा नं. ३ को दलचोकीमा वडा कार्यालयमा पशु स्वास्थ्य शिबिर सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको पशु सेवा शाखाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार पशु स्वास्थ्य शिबिर कार्यक्रम अन्तर्गत असोज १८ गते बिहान ७ बजेदेखि ११ बजेसम्म शिबिर सञ्चालन गर्न लागेको गाउँपालिकाले सूचना जारी गरी जनाएको छ ।


वडाका कृषकहरुले उक्त पशु स्वास्थ्य शिबिर कार्यक्रममा सहभागि भइ आफूले पालेका पशपंक्षीहरुको स्वास्थ्य परीक्षण गराई लाभ लिन गाउँपालिकाले आग्रह गरको छ । स्वास्थ्यमा समस्या देखिएका पशुहरुलाई गाउँपालिकाले निःशुल्क रुपमा औषधीको वितरणको व्यवस्था गर्ने सूचनामा उल्लेख गरिएको छ ।


उक्त पुश स्वास्थ्य शिबिरमा पशुपंक्षीको स्वास्थ्य जाँच, गर्भ परीक्षण, गोबर परीक्षण, बाझोपनको उपचार, पशुहरुको बन्ध्याकरण, खोप कार्यक्रम, औषधी वितरण र परामर्श सेवा लगायका स्वास्थ्य सेवा प्रवाह हुने कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया