सुनको मूल्य तोलामा ४०० ले बढ्यो

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ०१:०७

gold1

असोज १८, २०८० काठमाडौँ: स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।


यस दिन छापावाल सुन तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।


तेजाबी सुन तोलाको एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया