एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदै

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ०८:१८

world cup 2024 1696472218

असोज १८, २०८० काठमाडौँ: एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड भिड्नेछन्।


१३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छन्। आयोजक भारतसँगै इंग्ल्याण्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेदरल्यान्ड्स छन्।


लिग चरणमा ४५ र सेमिफाइनलान २ र फाइनल गरी प्रतियोगितामा कुल ४८ खेल खेलाइनेछ। ती खेलहरू हैदरावाद, अहमदावाद, दिल्ली, चेन्नाई, लखनऊ, बैंग्लुरू, पुने, मुम्बई र कलकत्तामा खेलाइनेछ।


क्रिकइन्फोका अनुसार सेमिफाइनलमा भारत र पाकिस्तान खेल्ने निश्चित भए उक्त खेल कोलकातामा मात्र खेल्नुपर्नेछ।सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डे समेत राखिएको छ। वर्षा र अन्य कारणले खेल रोकिएको अवस्थामा अर्को दिन खेलाइनेछ।


आईसीसीले प्रतियोगिताको कुल पुरस्कार राशि १० मिलियन अमेरिकी डलर राखेको छ।

प्रतिकृया