गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती सहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२०८० आश्विन १७ गते, बुधबार ०३:२८

COMMISSION FOR THE INVESTIGATION OF ABUSE OF AUTHORITY CIAA NEPAL9 e1680433474938

असोज १७, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गरेभन्दा बढी भुक्तानी लिएको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।


अख्तियारले झुट्टा बिल भरपाई बनाएर बढी भुक्तानी रकम लिएको आरोपमा रोल्पाको गङ्गादेव गाउँपालिका-२ घोरानेटी सोलार पम्पिङ खानेपानी निर्माण आयोजनामाथि बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।


चार लाख ६६ हजार चार सय ८८ रुपियाँ बढी रकम भुक्तानी भएको आयोगले जनाएको छ । मुद्दा दायर हुनेमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकल देव यादव, योजना अधिकृत (सहायक पाँचौँ) कृष्ण बहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सब(इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बल बहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मन बहादुर डाँगी,


सचिव खडक बहादुर डाँगी, कोषाध्यक्ष चन्द्र कुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नं.२ का तत्कालीन वडाध्यक्ष भूपाल दमाई, वडा सदस्य टिका वि.क., वडा नं.२ का तत्कालीन वडा सदस्य गन बहादुर भण्डारी र वडा सचिव कुल बहादुर योगी छन्।

प्रतिकृया