नुवाकोटमा तेक्वान्दो प्रशिक्षक तथा नुवाकोट सेवा समाज युएईका महा सचिब जगन अधिकारी सम्मानित
प्रकाशित मिति
२०८० आश्विन १७ गते, बुधबार ०३:५७
असोज १७, २०८० काठमाडौँ: नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमको १५औँ वार्षिक साधारण सभाको अवसरमा नेपाली तेक्वान्दो प्रशिक्षक एवम् राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा नुवाकोट सेवा समाज युएईका महासचिब जगन अधिकारी सम्मानित भएका छन ।

शनिवार नुवाकोट विदुरमा आयोजित समारोहबिच सम्मानित अधिकारीलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले दोसल्ला ओढाई सम्मान–पत्रले सम्मान गरेका हुन् ।
समारोहमा नेपालमा र विदेशमा समेत सफलता हासिल गरेका कारण विदुर नगरपालिका–८ निवासी जगन अधिकारीलाई सम्मान गरिएको हो ।

नुवाकोट तेक्वान्दो डोजाङबाट बि.स. २०६० सालमा खेल जीवन सुरु गरी जिल्ला हुँदै राष्ट्रिय स्तर सम्म खेल खेली बि.स २०६३ सालमा तेक्वान्दो प्रशिक्षक बनेका अधिकारी २०६६ मा राष्ट्रिय रेफ्री भएका हुन् । २०७८ मा उनी युएईमा पनि उनी राष्ट्रिय रेफ्री भएका हुन् । नेपाल र युएई दुवै देशमा राष्ट्रिय रेफ्री हुने उनी पहिलो हुन् । देश र जिल्लाको नाम विदेशी भूमिमा राख्न सफल अधिकारीको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष नविन आर कार्की निरवले जानकारी दिए ।



प्रतिकृया