• 5:59 am

डा.मास्केले राष्ट्रिय हृदय केन्द्रमा नियम विपरित अवकाश दिन खोजेको भन्दै विमती जनाए

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ०३:०७

असोज १६, २०८० काठमाडौँ : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मनोमानी ढंगले निर्णय गर्दै प्राविधिक विज्ञ चिकित्सकहरुले ६३ बर्षसम्म काम गर्न पाउने पूर्ववत निर्णयलाई लत्याईएको भन्दै बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण मास्केले विमती जनाएका छन् ।


विशेषज्ञ डा.मास्केले नियम विपरित अवकाश दिदै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र् र प्रशासनले कानुनी शासनको धज्जी उडाएको दाबी गरेका छन् । २०७९ श्रावण २१ गतेदेखि लागुहुने सोही दिन बसेको शहिद गंगालाल हृदय रोग केन्द्र संचालक समितिको निर्णयमा प्राविधिक विज्ञ चिकित्सकहरुको सेवा अवधि ६३ वर्ष हुने निर्णय गरेको थियो । त्यसो त, यसअघि पनि तालुकात मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६३ वर्षको उमेरसम्म काम गर्न पाउने भनेर प्राविधिक विज्ञ चिकित्सकका नाममा पत्र दिदै आएको डा. मास्के बताउँछन् ।


२०८० आश्विन १६ गते डा.मास्केलाई ६० वर्ष पुगेको भनेर अस्पताल प्रशासनले अनिवार्य अवकाश दिन खोजेपछि विवाद सिर्जना भएको हो । अस्पतालले शहीद गंगालाल राष्ट्रि«य हृदय केन्द्र, कर्मचारीहरुको सेवाका शर्त र सुविधा संबन्धी नियमावली २०५८ शंशोधन सहितको नियम १०.१ को उपनियम ३ बमोजिम केन्द्रको सेवा अवधि ६० वर्ष पश्चात अनिवार्य अवकाश हुने भएको हुदाँ भन्ने व्यहोराको पत्र केन्द्रले थमाउन खोजेपछि डा. मास्केले विरोध जनाएका छन् । यसअघिदेखी लागु भए बमोजिम ६३ वषसम्म काम गर्न पाउने अधिकारलार्ई स्विकार नगरि अवकाश दिन खोजिए आफू कानुनी उपचारका निम्ति जाने डा. मास्केले बताए ।

प्रतिकृया