मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालले ‘नयाँ अस्पताल एप’ मार्फत सेवा सुरु

प्रकाशित मिति

२०८० भाद्र २५ गते, सोमबार ११:३१

Capture 2 e1694411213657

भदौ २५, २०८० काठमाडौँ: नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजी सँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ ।  यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने छन् ।


यसै गरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले  समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र  आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न  पनि  सक्ने छन् । यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ ।  यसले अस्पतालको सेवालाई  समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।


दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।


मिदास टेक्नोलोजिज:
आइएमई ग्रुप अन्तर्गतको मिदास टेक्नोलोजीज स्वास्थ्य सेवालाई सूचना प्रणालीमा आबद्ध गर्ने अग्रणी सेवा प्रदायक संस्था हो ।यसले २०० भन्दा बढी अस्पतालहरूलाई सेवा प्रदान गरिरहेको छ। स्वास्थ्य सेवाको आधुनिकीकरण र सुधार गर्न खोज्ने अस्पतालहरूका लागि मिदास विश्वसनीय साझेदारको रूपमा अघि बढेको छ ।

प्रतिकृया