• १६ भदौ २०८३, बुधबार
  • १:४० बेलुका

फलफूलका वोट वृक्षारोपण कार्यक्रम 

प्रकाशित मिति

२०८० भाद्र २५ गते, सोमबार ११:५६

भदौ २५, २०८० काठमाडौँ: लायन्स क्लव अफ काठमाण्डौको आयोजनामा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतित्थ्यतामा भदौ २३ गते शनिवारका दिन नगरपालिकाको वडा नं. ४ मा अवस्थित बालकुमारी विष्णुविर सामुदायिक वन को व्लक नं. ३ को इन्द्रायणी परिसरमा २५० एभोकाडोको वोटहरु रोपि वृक्षारोपण कार्यक्रम संचालन भएको थियो ।


उक्त वृक्षारोपण कार्यक्रमलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ४, बालकुमारी विष्णुविर सामुदायिक वन समुह लगायत लायन्स क्लव अफ काठमाण्डौका १५ वटा क्लवहरु (पिस आइ, गौरीसंकर, गुणकेसरी, टोक्यो, अब्बलभ्याली, कालिन्चोक, ऊँ बुद्ध, बशिष्ठ, प्रणामी समाज, नाला काभ्रे, थिमी शंखधर, इमरजेन्सी सर्कल, गुणकेशरी ह्वाइट, बागमती टाउन, बालाजी डाइमण्ड) र स्थानीयहरुको सहभागिता रहेको थियो ।

Kamana Sewa

उक्त कार्यक्रमको लागि विरुवा व्यवस्था तथा प्राविधिक सहयोग कार्य सि.के. रिसर्च प्रा.लि बाट भएको थियो भने लागत वोटहरु मध्ये सोलखुम्वु निवासी लाक्पा शेर्पाबाट ५० बोट र कमल कुमार तामाङबाट छोराको जन्मोत्सवको उपलक्षमा ५० बोट उपलव्ध गराएका थिए । प्रमुख अतिथि एवम् नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठबाट इन्द्रायणी परिसरमा २५० एभोकाडोको वोटहरु रोपि शुभारम्भ गरिएको उक्त कार्यक्रमको उद्घाटर कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ काठमाण्डौ – स्वनिगका अध्यक्ष सुदिल गोपाल आचार्य गरेका थिए भने उक्त कार्यक्रममा थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठ, वडा नं. ४का वडा अध्यक्ष बाल कृण श्रेष्ठ, बालकुमारी विष्णुविर सामुदायिक वनका अध्यक्ष कृणलाल गोजा, वडा समिती सदस्य रतन केशरी श्रेष्ठ , लायन्स क्लव डिस्ट्रकका निवर्तमान गभर्नर मणिश्री वज्राचार्य, डिपार्टमेट चिफ दुर्गा प्रसाद घिमिरे, मन कृष्ण श्रेष्ठ लगाएतका पदाधिकारीहरुले विशिष्ट अतिथिको रुपमा सहभागिता रहेकाे थियाे।

Classic Tech Desktop

उद्घाटन कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाको अभियानलाई साथ दिनुभएकोमा लायन्सक्लवहरुलाई धन्यवाद दिदै प्रमुख अतिथि एवम नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जम्मा ४.६ प्रतिशतमात्र सार्वजनिक खुला क्षेत्र रहेको साथै तिव्र शहरिकरण हुदै गइरहेको मध्यपुर थिमी नगरपालिका क्षेत्रमा रहेको जंगल क्षेत्रलाई पार्ककौ रुपमा नभै जंगल क्षेत्रकै रुप विकास गर्ने राख्ने नगरपालिकाको सोच रहेको साथै सम्पदा मार्ग निमार्ण गर्ने गुरु योजना अनुसार वन क्षेत्रमा जीवन उपयोगि तथा जीवन यापन तथा परंपरागत संस्कृति अनुसारको वोट विरुवाले युक्त वन वनाउन यस्ता वृक्षारोपण सार्थक हुने विश्वास व्यक्त गनु भयो ।


लायन्स क्लव डिस्ट्रकका निवर्तमान गभर्नर श्री मणिश्री वज्राचार्य कंक्रिटको सहर वन्दै गएको क्षेत्रमा स्वस्थ र प्राकृतिक सौन्दयलाई समेत ध्यान पु¥याउदै मध्यपुर थिमी नगरपालिको वृक्षारोपण अभियानमा लायस जोडिन सकेकोमा क्लवहरुलाई धन्यवाद दिनु भएको थियो भने वडा नं. ४ का वडा अध्यक्ष बाल कृण श्रेष्ठ नगरपालिको सोच तथा सहयोगले परंपरागत वन तथा साँकृतिक तथा धार्मिक क्षेत्रको हरियाली विकासमा सवैको सहयोगको अपरिहार्यता वर्णन गनु भएको थियो भने सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष श्री कृणलाल गोजा ज्यूले वृक्षारोपण कार्यक्रमका लागि यस सामुदायिक वनलाई चुन्नु भएकोमा तथा सहरी आवस्यकताको वन वनाउने सन्दर्भमा सवैको सहयोगको लागि धन्यवाद दिनु भएका थिए ।

प्रतिकृया