• ९ असोज २०८३, शुक्रबार
  • ११ः३१ बिहान

नेपाल र भारतको खेल हेर्न वीरगञ्ज महानगरमा बिदा

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ०२:१६

भदौ १८, २०८० काठमाडौँ: नेपाल भारतको खेल हेर्न वीरगञ्ज महानगरपालिकाले बिदा दिएको छ। महानगरपालिकाको शिक्षा अधिकृत हरि राउतले एक सूचना जारी गर्दै विद्यालयको सम्पूर्ण पठन पाठन स्थगन गर्न निर्देशन दिएको हो।

National Life

क्रिकेट खेल प्रतिको उत्साह र भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाल टिमको हौसला बढाउन विद्यालयमा बिदाको घोषणा गरिएको सूचनामा उल्लेख छ । यसअघि जनकपुरधामले पनि पाकिस्तान सँगको खेल र आज हुने खेल हेर्न दिउँसो २ बजेदेखि बिदा दिएको छ।


श्रीलङ्काको क्याण्डीमा दिउँसो सवा ३ बजेदेखि हुने खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यो खेललाई ऐतिहासिक खेलको रूपमा लिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया