• 9:39 am

कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई Air Conditioner हस्तान्तरण

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ०१:५७

भदौ १८, २०८० काठमाडौँ: कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दघाट, नवलपरासी स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई मिति २०८० साल भाद्र १० गते आईतबार २ थान Air Conditioner हस्तान्तरण गरेको छ । उक्त Air Conditioner सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो ।


बैंकका संचालक श्री भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्य प्रसाद पौडेललाई उक्त Air Conditioner हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।


यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जाहेर गरेको छ।

प्रतिकृया