• १२ असोज २०८३, सोमबार
  • २ः३२ राती

गरिमा क्यापिटल लिमिटेडद्वारा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजन

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ०१:२२

भदौ १८, २०८० काठमाडौँ : नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजन गरेको छ।

National Life

गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजन गरेकाे। यससेल्फी प्रतियोगितामा भाग लिनको लागि तपसिल बमोजिम नियम तथा सर्तहरु लागू हुनेछनः
– इच्छुक सम्पूर्ण महानुभावहरुले यस प्रतियोगितामा सहभागी हुनसक्ने छन् ।

– सहभागीहरुले परम्परागत पोशाकमा लिए आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “Mentions”मा पोष्ट गर्नुपर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

– फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः
#GarimacapitalTeejSaareemaSelfie#GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited
– सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।


अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी निम्नानुसार नगद उपहार प्रदान गरिनेछ :
– प्रथम –रु ३०००
– द्वितीय –रु२,०००
– तृतीय –रु१,०००


यस प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिनेछ भन्ने कुरामा विश्वस्त रहेकाे गरिमा क्यापिटलले जनाएकाे छ। साथै, गरिमा क्यापिटल लिमिटेडको तर्फबाट हरितालिका तीजको उपलक्षमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकाे छ।

प्रतिकृया