• 7:09 pm

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार १२:५६

भदौ १८, २०८० काठमाडौँ : ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौं महानगरपालिका-३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो । उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।

प्रतिकृया