राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट
प्रकाशित मिति
२०८० भाद्र १८ गते, सोमबार ०१:२३

भदौ १८, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रतिकृया