• ११ असोज २०८३, आइतबार
  • ११ः२० राती

भगवती हाइड्रोपावरकाे आईपीओ बाँडफाँट, काे-काे बने भाग्यमानी ?

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार १२:३२

भदौ १८, २०८० काठमाडौँ: भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएका छ। भदौ ५ गतेदेखि सर्वसाधारणलाई खुला भएको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भाद्र ८ गते बन्द भएको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो।

National Life

कम्पनीले आफ्नो जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न गरेको थियो।


आईपीओमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो। जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदनलाई रुजु गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत आईपीओ बाँडफाँट गरिएकाे थियाे । जसमा कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।


आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।


कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।


आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइट ,सीडीएससीको iporesult.cdsc.com.np र सेयरहब मार्फत पनि हेर्न सकिनेछ।

प्रतिकृया