• ११ असोज २०८३, आइतबार
  • ६ः२२ बेलुका

२१ ओटा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरी द्वारा सम्बन्धितधनीलाई हस्तान्तरण

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ११:०५

भदौ १८, २०८० काठमाडौँ: विभिन्न मितिमा हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक सन्तोष आचार्यले १६ ओटा मोटरसाइकल र ५ ओटा स्कुटर धनीलाई हस्तान्तरण गर्नु भएको हो ।

National Life

चालु आर्थिक वर्षमा ६९ ओटा सवारी साधन यस अघिनै धनिलाई जिम्मा लगाइसकेको प्रहरी उपरीक्षक आचार्यले बताउनु भएको छ । यस आर्थिक वर्षमै २ ओटा चोरीका मोटरसाइकल सहित ३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय पठाइसकेको छ ।


सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिकृया