नबिलले महिला ग्राहकका लागि ल्यायो विशेष तीज अफर

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ११:२६

372549744 1407105140186543 6089909728254558507 n e1693806088957

भदौ १८, २०८० काठमाडौँ : नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षितगर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलोवर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्ने छन् ।


साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहकवर्गले असोज १५, २०८० गते सम्ममा “नबिल प्रिमियम नारी बचत खाता” खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन् ।


नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।

प्रतिकृया