• 7:05 pm

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो

प्रकाशित मिति

२०८० भाद्र १५ गते, शुक्रबार ०१:००

भदौ १५, २०८० काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले १५ भदौ शुक्रबारदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कूल २४४ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।


इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्कासन गरिसकेको छ ।


त्यस्तै, सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

प्रतिकृया