• ११ असोज २०८३, आइतबार
  • ३ः५० दिउँसो

विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०५:२६

भदौ १२, २०८० काठमाडौँ: जिल्ला कास्की, पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेश गरी नन्‍टिचिङ्ग एलाउन्ससमेत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान भएको थियो ।

National Life

सो अनुसनधानमा पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले “अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट Non-teaching allowance समेत लिएको” उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज उपर सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रतिकृया