• १२ असोज २०८३, सोमबार
  • १२ः१७ राती

अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयन हुन दिँदैनौँ : विप्लव

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०५:०६

भदौ १२, २०८० लुम्बिनी : नेकपाका महासचिव नेत्रविक्रम (विप्लव)ले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा कार्यान्वयन हुन नदिने बताएका छन्। मंगलबार वुटवलमा समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताृका हुन्। एमसीसी परियोजना भोलि (बुधबार)देखि कार्यान्वयनमा ल्याइँदैछ।

National Life

प्रधानमन्त्री पुष्पकमल दाहालकै अगाडि उनले भने, ‘नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौँ। नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिँदैन। समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन। यसमा प्रधानमन्त्रीको ध्यान जाओस्।’


विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको उनको भनाइ छ। उनले समाजवादी मोर्चाको बचाउ गर्दै अहिलेको आवश्यकताले यो गठन भएको दाबी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया