• २२ भदौ २०८३, सोमबार
  • १ः४५ दिउँसो

ङादी ग्रुप र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने, नियामकबाट पाए स्वीकृती

प्रकाशित मिति

२०८० भाद्र १० गते, आईतवार ०१:३२

भदौ १०, २०८० काठमाडौँ: ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएका छन् । विद्युत नियमन आयोगबाट यी दुवै कम्पनीले भदौ ७ गते हकप्रद शेयर निष्कासनको स्वीकृति पाएका हुन् ।

National Life

आयोगले ङादी ग्रुप पावरलाई हाल कायम चुक्तापुँजी १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतलाई हाल कायम चुक्ता पूँजीको १ः.१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ । अब यी दुवै कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछन् । धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी दुवै कम्पनीले हकप्रद शेयर जारी गर्नेछन् ।


ङादी ग्रुप पावरको लमजुङको सिउरीखोला साना जलविद्युत आयोजना (४.९५ मेगावाट)बाट नियमित विद्युत उत्पादन तथा वितरण भइरहेको छ । सञ्चालित उक्त आयोजनाको मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋणलगायतका वैकल्पिक स्रोतबाट मात्रै सम्पूर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद सेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।

Classic Tech Desktop

त्यस्तै आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर बिक्रीबाट प्राप्त हुने रकम रकम गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ । यो जलविद्युत आयोजना लगानी र प्रतिफलका हिसाबले उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । त्यसैरी हकप्रदबाट प्राप्त हुने बाँकी रकम कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।

प्रतिकृया