मलेसियासँग ६ विकेटले हारे पनि नेपाल फाइनलमा

प्रकाशित मिति

२०८० भाद्र ८ गते, शुक्रबार ०३:४२

malays

भदौ ८, २०८० काठमाडौँ: आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।


शुक्रबार मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । यद्यपि, नेपाल हारका बाबजुद नेटरनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्यो । अर्कोतर्फ मलेसिया भने जितका बाबजुद पनि बाहिरिनु परेको छ ।


जितकन लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मलेसियाको जितमा एना हामिजाह हाशिम ३९ बलमा ३ चौकासहित ३७ रनमा अविजित रहिन् ।


यस्तै, महिराह इजाती इस्माइलले २४ बलमा १ चौकासहित २१ रन बनाइन् । नेपालकी पुजा महतो, रुविना क्षेत्री र सीता रानामगरले एक–एक विकेट लिए । नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो ।


मलेसियाको ३ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण फाइनलमा स्थान बनाउन सकेन । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिकृया