• २३ भदौ २०८३, मंगलबार
  • १०ः३६ बिहान

माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पत्याउँदैनन्: मन्त्री ज्वाला

प्रकाशित मिति

२०८० भाद्र ८ गते, शुक्रबार ०४:००

भदौ ८, २०८० काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गर्नुभयो ।

National Life

समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेकोसमेत उहाँको दाबी थियो । मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताउनु भयो । उहाँले अदालतले दोषी सावित गरेपनि वा ओभरसाइट एजेन्सीहरुले भनेपनि त्यसलाई जनताले नपत्याउने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ । सायद समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको सबै कुराले पूर्ण त कोही पनि व्यक्ति हुँदैन । माधव नेपाल पनि हर हिसावले पूर्ण होइन होला । कर्मी, सीमाहरु होलान् । तर भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन । हामी जुनसुकैले निर्णय गरेपनि त्यसको च्यालेन्ज गर्न तयार छौँ । अदालतले बोलोस्, अरु कसैले बोलोस्, ओभरसाइट एजेन्सीहरुले बोलुन्, त्यसलाई जनताले पत्याउँदैनन् ।’

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री ज्वालाले माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षड्यन्त्र भएको बताउनु भयो ।

प्रतिकृया