• १ असोज २०८३, बिहीबार
  • २ः५७ दिउँसो

जर्जिया जेलमा आत्मसमर्पणपछि धरौटीमा रिहा भए ट्रम्प

प्रकाशित मिति

२०८० भाद्र ८ गते, शुक्रबार १०:३५

भदौ ८, २०८० जर्जिया : पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन । सन २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पुर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन । उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखेका थिए । तर, पछि ट्रम्पलाई २ लाख डलरको धरौटीमा रिहा गरिएको थियो । यसपछि मात्रै उनी न्यू जर्सी गएका थिए ।

National Life

यस वर्ष पूर्वराष्ट्रपतिले आफूमाथि लागेको फौजदारी अभियोगमा स्थानीय वा संघीय अधिकारीसमक्ष आत्मसमर्पण गरेको यो चौथो पटक हो । समाचार अनुसार ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका समर्थकहरु ठूलो संख्यामा जेलबाहिर भेला भएका थिए र विरोध प्रदर्शन गरिरहेका थिए । पूर्व राष्ट्रपतिका समर्थकले जिल्ला न्यायधिवक्ता फ्यानी विलिसविरुद्ध नाराबाजी गरेका थिए ।


यसअघि ट्रम्पले सन् २०२० मा हुने निर्वाचनलाई उल्टाउने योजना बनाएको आरोपमा जर्जिया राज्यका जेल अधिकारीसामु आत्मसमर्पण गर्न तयार रहेको बताएका थिए । सन् २०२० मा ट्रम्पविरुद्ध जर्जियाको चुनावी नतिजा उल्टाउने षड्यन्त्र सहित दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन् । यस मामिलामा ट्रम्प र अन्य १८ जनालाई आरोप लगाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्मरण रहोस, उनी २०२४ मा राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको प्रमुख उम्मेदवार बनेका छन्। तर, अदालतमा उनको उपस्थिति निकै छोटो हुने सम्भावना छ । फुल्टन काउन्टी अभियोजन पक्ष ट्रम्प विरुद्धको चौथो आपराधिक मुद्दा हो, जब उनी अमेरिकी इतिहासमा दोषी ठहर हुने पहिलो पूर्व राष्ट्रपति बनेका थिए ।

प्रतिकृया