• १२ असोज २०८३, सोमबार
  • १२ः३७ राती

सन् नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०२:११

भदौ ४, २०८० काठमाडौँ: सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि जारी गरेको हो ।

National Life

सर्वसाधारणले प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १२ लाख बढीले आवेदन दिएका छन् ।


सिडिएस एण्ड क्लियरिङ्गका अनुसार उक्त आइपीओमा आइतबार बेलुका ७ बजेसम्म १२ लाख २१ हजार १४२ जनाले ३ अर्ब ३३ करोड ४९ लाख ७९ हजार ७१० रुपैयाँ बराबरको १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन परेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


हाल इन्स्योन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं नगरपालिका वडा नम्बर २९ सिम्खडा–प्लाजा पुतलीसडक काठमाण्डौमा रहेको छ । कम्पनीले हालसम्म २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

प्रतिकृया