आयरल्याण्डविरुद्ध भारतको लगातार दोस्रो जित
प्रकाशित मिति
२०८० भाद्र ४ गते, सोमबार ०१:०३

भदौ ४, २०८० काठमाडौँ: भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ३३ रनले विजयी भएको थियो । भारतले दिएको १८६ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन मात्र बनाए पछि भारत ३३ रनले विजयी भएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउदै १८५ रन बनाएको थियो । खेलमा २१ बलमा ३८ रन बनाएका रिंकु सिंह प्लेयर अफ द म्याच बनेका थिए ।
यो जितपछि तीन खेलको सिरिजमा २-० ले अगाडी भएको छ । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।
प्रतिकृया