सन्नी देओल अभिनित फिल्म ‘गदर २’ ले पहिलो दिन गर्यो ४० करोडको व्यापार
प्रकाशित मिति
२०८० श्रावण २८ गते, आईतवार ११:३२

२८ श्रावण २०८०, काठमाडौँ: सन्नी देओलको फिल्म ‘गदर २’ ले पहिलो दिन ४० करोडको व्यापार गरेको छ । यो फिल्म शुक्रबार रिलिज भएकाे हाे। समीक्षकले फिल्मलाई राम्रो रेटिङ दिएका छन् । रिलिज हुनुअघि नै यो चलचित्रलाई लिएर उत्साह देखिएको थियो र राम्रो अग्रिम बुकिङ पनि भएको थियो ।
फिल्म ‘गदर-२’का निर्माताले सञ्चारमाध्यमलाई भने, ‘अभिनेता सनी देओलको फिल्म ‘गदर २’ ले शुक्रबार भारतमा ४०.१० करोडको व्यापार गरेको छ ।’
चलचित्र ‘गदर २’ ले यो वर्षको अहिलेसम्मकै दोस्रो ठूलो ओपनिङ गरेको चलचित्रकर्मीले बताएका छन् । यसअघि शाहरुख खानको एक्सन फिल्म ‘पठान’ ले रिलिजको पहिलो दिन ५५ करोड कमाएको थियो ।
अनिल शर्मा निर्देशित गदर २ सन् २००१ मा रिलिज भएको ‘गदर: एक प्रेम कथा’ को सिक्वेल हो। फिल्ममा सनी देओल र अभिनेत्री अमिषा पटेल मुख्य भूमिकामा छन् ।
प्रतिकृया