प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट
प्रकाशित मिति
२०८० श्रावण २८ गते, आईतवार ११:५१

२८ श्रावण २०८०, काठमाडौँ: प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६५ विन्दुले घटेको छ । यससँगै सूचक २०६५ दशमलव ४० अंकमा आएको छ ।
६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३३ सय ४६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ७१ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिकृया