• १८:०४ २०८१ बैशाख १ गते
  • 6:04 pm

अविरल वर्षाका कारण खसेको पहिरोले दर्जन भन्दा बढि सडक अवरुद्ध

प्रकाशित मिति

२०८० श्रावण २३ गते, मंगलवार ०८:४९

flood

२३ श्रावण २०८०, काठमाडौँ : आज भारी वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक भन्दा बढि अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कालिखोलाको पहिरो पन्छाउने प्रयास भइरहेको छ ।


मकवानपुर स्थित कान्ति लोकपथ र हेटौँडा–भैँसे–भिमफेदी हुँदै कुलेखानी जाने सडक अवरुद्ध छ । स्थानीय निकाय र सुरक्षाकर्मीले हेटौँडा–कुलेखानी सडक एकतर्फ खुलाएका छन् ।


सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । म्याग्दी स्थित बेनि–जोमसोम, बागलुङको कालीगण्डकी करिडोर, प्युठान स्थित प्युठान–भालुवाङ सडक पहिरोले अवरुद्ध छ ।


पाल्पाको सिद्धार्थ राजमार्ग र दाङ स्थित लमही–घोराही सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश स्थित मुगु–नाग्मा सडक अवरुद्ध भएको छ । मुगु नाग्मा चल्ने सडकमा साना गाडी चल्ने तर, ठुला सवारी पास हुने अवस्था छैन । कैलालीको भिमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया