मकवानपुरमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता, एकको शव फेला

प्रकाशित मिति

२०८० श्रावण २३ गते, मंगलवार ११:१९

mak

२३ श्रावण २०८०, हेटौंडा :  मकवानपुरमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनासहित ६ जना बेपत्ता भएका छन् । बागमती गाउँपालिका-५ भोर्लेनीका अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् । अक्कलबहादुरकी श्रीमती शन्तमाया ब्लोन मृत अवस्थामा भेटिएकी छन् ।

गएराति घर नजिकको खोल्सामा पानीको बहाव बढेर पहिरो गएकाे हाे। पहिराे गएसँगै घरसहित ६ जना बागमती नदीमा बगेका थिए । बेपत्ताहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएकाे छ ।

घरमा अक्कलबहादुर, उनका श्रीमती, छोरी-ज्वाइँ, दुई बच्चा र एकजना पाहुना थिए ।

प्रतिकृया