• ४ साउन २०८३, सोमबार
  • ८:१४ बेलुका

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय Business Excellence Conference सम्पन्न

प्रकाशित मिति

२०८० श्रावण २२ गते, सोमबार ०१:३९

२२ श्रावण २०८०, काठमाडौँ: नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय Business Excellence Conference सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “ पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक कृष्ण राज लामिछाने , शक्ति कुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको समुद्घाटन गर्नु भएको थियो ।

सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्नु भयो। आगामी दिन थप चुनौतिपूर्ण हुने हुदा थप जोश र जाँगरका साथ कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । श्री अग्रवालले Sales Technique का साथ साथै चाहिने Communication Skill Technique को बारेमा समेत प्रकाश पार्नु भएको थियो ।

Kamana Sewa

सम्मेलनमा बोल्दै संचालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीहरुले गत आ वा मा गर्नु भएको योगदानका निम्ति धन्यवाद ज्ञापन गर्नु भयो । हरेक मान्छेले आफ्नो खबगिभ अचभबतष्यल मा जोड दिन पर्ने सारगर्वित विचार व्यक्त गर्नु भयो । मान्छे जति राप र ताप आफुलाई अभ्यस्त बनाउछ त्यति नै मान्छे निखारिन्छ र त्यसले मान्छेलाई परिपक्व बनाउने कुरा बताउनु भयो ।

Classic Tech Desktop

सम्मेलनमा बोल्दै संचालक शक्ति कुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न संचालक समितिले सदैव साथ दिने कुरा बताउनु भयो । आउने समय त्यति सहज नहुने हुँदा त्यसका लागि पुर्व तयारी गरि कार्यसम्पादन गर्न आग्रह गर्नु भयो । प्रविधिको उच्चतम प्रयोग गर्दै कम्पनीको काम कारवाहीलाई थप सहज, सरल, चुस्त र दुरुस्त बनाउन कम्पनीले कार्य आरम्भ गरिसकेको बताउनु भयो ।

सम्मेलनमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारीहरुलाई गत आ.ब. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गर्नु भएको थियो । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०÷८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराउनु भएको थियो । हाल कार्यरत प्रादेशिक प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरुबाट सवै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

प्रतिकृया