• १० असोज २०८३, शनिबार
  • ८ः५१ राती

आफ्नो २ सयौँ टी-२० खेलमा भारत वेस्ट इन्डिजसँग पराजित

प्रकाशित मिति

२०८० श्रावण १९ गते, शुक्रबार ०९:०१

श्रावण १९, २०८०, काठमाडौँ : क्यारेबियन भ्रमणमा रहेको भारतीय टीम वेस्ट इन्डिज विरुद्धको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा पराजित भएको छ। आफ्नो २ सयौँ टी-२० खेलमा भारत क्यारेबियन टोलीसँग ४ रनले पराजित भएको हो ।

National Life

बिहीबार पोर्ट अफ स्पेनमा आइपिएल स्टारले भरिएको भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। जवाफमा भारत निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमा समेटियो ।

पहिले ब्याटिङ गरेको इन्डिजका लागि कप्तान रोभमन पावललले ३२ बलमा ४८ रनको इनिङ खेले। त्यस्तै निकोलस पुरनले ४१ रन बनाउँदा ब्रान्डन किङ्गसले २८ र सिम्रन हेटमेयरले १० रनको स्कोर बनाएका थिए। भारतका लागि अर्सदीप सिंह र युजभेन्द्र चाहल समान २-२ विकेट लिँदा हार्दीक पाण्ड्या र कुलदीप यादवले समान १-१ विकेट लिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

१ सय ५० रनको लक्ष्य पछ्याएको भारतका लागि कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। तिलक वर्माले ३९ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कप्तान हार्दिक पाण्ड्याले १९ तथा अक्षर पटेलले १३ रन बनाए।

त्यस्तै, सन्जु सम्यासन र अर्सदीप सिंहले समान १२-१२ रन बनाएका थिए। भारतलाई सस्तैमा समेट्ने क्रममा ओवेड म्याकोइ, ज्यासन होल्डर र रोमारियो सेफर्डले समान २-२ विकेट लिए। यी दुईबीचको ६ अगस्टमा दोस्रो टी-२० हुनेछ।

प्रतिकृया