• १० असोज २०८३, शनिबार
  • ११ः३७ राती

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि, धारणा राख्ने क्रम जारी

प्रकाशित मिति

२०८० श्रावण १९ गते, शुक्रबार ०८:५४

श्रावण १९, २०८०, काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बुधबारदेखि सुरू बैठक आज पनि जारी रहने पार्टीका एक नेताले जानकारी दिए ।

National Life

ती नेताका अनुसार आज बैठकको तेस्रो दिन नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ। बैठकको सुरुको दिन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीका बारेमा सम्बोधन गरेका थिए ।

बिहीबार र शुक्रबारको बैठकमा ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन्। बाँकी सदस्यहरुले आजको बैठकमा आफ्ना भनाइ राख्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका छन्। बैठकमा नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना गरेका हुन्।

बैठकमा आगामी मंसिरमा हुने विधान सम्मेलन, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीको बारेमा समेत छलफल चलिरहेको छ।

प्रतिकृया