अलपत्र प्रवासीको उद्दारमा नुवाकोट सेवा समाज युएई
प्रकाशित मिति
२०८० श्रावण १८ गते, बिहीबार ०५:३५
१८ श्रावण २०८०, काठमाडौँ: अलपत्र प्रवासीको उद्दारमा नुवाकोट सेवा समाज युएई दुवईमा गठित नुवाकोट सेवा समाजले श्रम तथा भ्रमण भिषामा दुवई पुगेर समस्यामा परेका नेपालीको उद्दार कार्य सुरु गरेको छ । दलालका कारण र कानुनी व्यवस्थाबारे जानकार नहुँदा अलपत्र परेका नेपालीलाई उद्दार गरी कानुनी परामर्श समेत दिन थालिएको समाजका अध्यक्ष नविन आर कार्की निरवले जानकारी दिनुभयो । दलालले भ्रमण भिषामा नेपालीलाई दुवई लगि गैरकानुनी तबरले काम लगाइदिने बहानामा लाखौँ रकम असुलेको भन्दै समाजले सार्वजनिक अपिल गरी दलाललाई खबरदारी समेत गरेको छ ।
दलाललाई जोगाउने गरी कोही कसैबाट कार्य नगर्न र दलालललाई कानुनी कारबाहीको दायरामा ल्याउन दुवईमा रहेका सबै नेपालीलाई समाजले अपिल समेत गरेको छ । समाजका अध्यक्ष कार्कीले दलालको माध्यमबाट दुवई पुगेका नेपालीहरु सबैभन्दा समस्यामा परेको बताउनुभयो । विभिन्न कामको प्रलोभनमा १ महिनाको भिजिट भिसामा दुवई पुगेका नेपालीहरु दुवईमा पुगेपछि अलपत्र परेको तथा विभिन्न अवैध कार्यमा समेत संलग्न हुने गरेको पाइएको उहाँले प्रष्ट पार्नुभयो । साथै सस्थाको अध्यक्ष भन्नु हुन्छ, “अहिले विभिन्न कम्पनीको नामको offer of Employment Fake बनाएर नेपाली दाजु भाई दिदि बहिनिहरुलाई ठगि गरिरहेको छ । विभिन्न कामको प्रलोभन देखाएर भिजिट भिजालाई Visa and Offer Letter Edit गरि र उनीहरू बाट ४ देखि ८ लाख सम्म असुली कसैलाई Malta, Poland, Canada, Portugal etc. देश पठाउँछु र युएईको आजद भिसा वा Freelance Visa लगाएर ति देशहरु पठाउँछु भन्दै कसैलाई विभिन्न Occupation मा काम लगाइदिञ्छु भनेर नेपालीहरुको बिचल्लि बनाएको छ । यस्ता दलालको माध्यम बाट आउनु हुने नेपाली दाजु भाईहरु दिदि बहिनिहरु overstay र Absconding भएर अलपत्र अवस्थामा छन् । ती समस्या रोक्न यूएईमा भएको सम्पूर्ण प्रबास युएई बासीहरु तथा विभिन्न संघ संस्था र व्यवसायीहरुलाई सजक गराएको जानकारी दिनु भयो । यसै गरी संस्थाका कानुनी सल्लाहकार प्रल्हाद पाठक भन्नु हुन्छ कि यस्ता कैयौ घटनाहरु छन जुन समस्याको समाधान दुतावासले चाहेर पनि गर्न निकै गारो छ किनकि कानुनी राज्यमा कानुन मिचेर हिड्न कसैलाइ छुट छैन । यहाँ कानुन छ सम्मानित कानुन भन्दा माथि तपाईं हामि छैनौ ।
भोलिको दिनमा तपाइलाइ कानुनले समाउँदा कसैले केही गर्न सक्दैन । साथै संस्थाका महासचिव जगन अधिकारीले जानकारी दिए अनुसार नुवाकोट सेवा समाज युएईले हाल सम्म गरेका काम हरुः
- १० जुलाई २०२१ नुवाकोट सेवा समाजले त्रिशुली अस्पताललाई तीन लाख रकम, दुई थान इमर्जेन्सी तथा रिकभरी हाइड्रोलिक बेड हस्तान्तरण गरेकाे छ जुन उक्त अस्पतालमा यो भन्दा पहिले थिएन ।
- धादिङ नेत्रावती डबजोङ्ग गाउँपालिका वडा न:०४ थर्पु कल्लेरी गाउँ निवास श्री चन्द्रबहादुर सापकोटाको माइलो छोरा श्री शिव सापकोटाको दुबै मृगौला फेल भएर टिचिङ अस्पताल काठमाडौमा डायलाइसिस गर्नको लागि घरको आर्थिक अवस्था ज्यादै नै नाजुक भएको कारणले नुवाकोट सेवा समाज युएईको तर्फबाट उहाँलाई सहयोग स्वरुप पचास हजार (रु.५०,०००) रूपैया प्रदान ।
- नुवाकोट जिल्ला बिदुर नगरपालिका वार्ड नं १३ निवासी बर्ष ३२ को बिनोद न्यौपानेलाई ब्रेन ट्युमर भइ दुई महिना देखी धुलिखेल अस्पताल काभ्रेमा उपचारार्थ रहेका थिए। उनको घरायसी आर्थिक अवस्था कमजोरीको कारण उपचारमा कठिनाई परिरहेकोले उक्त उपचारलाई सहज बनाउने उद्देश्यले नुवाकोट सेवा समाज युएईको पहलमा रु ७८,००० (अठहत्तर हजार रुपैयाँ) सहयोग ।
- मकवानपुर जिल्ला हेटौंडा स्थित घर भयका बर्ष २२ का मनिष श्रेष्ठको युएई को फुजेरहा मा भिजिट भिसामा रहेको र मार्च १६ तारिक अचानक आत्महत्या गरेको हुनाले उहाँको शब नेपाल पठाउने प्रक्रियामा हाम्रो अग्रसरतामा उहाँको शब नेपाल पठाएको थियो ।
- नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल खेलाडी तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडि तथा दक्षिण एसियाली खेलकुदमा तेक्वान्दो खेलमा दोहोरो स्वर्ण पदक जित्न सफल नुवाकोटकी चेली राष्ट्रको गहना श्री संगिना वैद्य ज्युलाई सम्मान गरिएको थियो ।








प्रतिकृया