• 5:57 am

नागार्जुन नगरपालिकाले सबै वडामा बजार अनुगन गर्दै

प्रकाशित मिति

August 3, 2023

१८ श्रावण २०८०, काठमाडौँ : नागार्जुन नगरपालिकाले बजार अनुगमनलाई अभियानको रुपमा शुरु गरेको छ । साउन १७ गतेदेखि शुरु भएको बजार एवं व्यावसाय अनुगन एक साताभित्र नगरपालिकाको दश वटै वडाका बजारको अनुगमन गरिनेछ।अन्य पालिका र संघीय सरकारले चाडपर्वको बेलामा मात्र बजार अनुगमन गर्दै आए पनि नागार्जुन नगरपालिकाले भने चाडपर्वका अतिरिक्त अन्य समयमा पनि बजार अनुगमन गर्ने कार्यलाई निरन्तरता दिएको हो ।


बुधबार वडा नं.१ को रानीवन क्षेत्रका स्वाथ्य संस्था, मामु पसल, कृषिका वीउ तथा मल विक्री गर्ने पसल, खाद्य सामाग्री विक्री वितरण गर्ने किराना पसल, औद्योगिक सामाग्री विक्री वितरण गर्ने पसल लगायतका पसलको अनुगमन गरिएको नागार्जुन नगरपालिकाले जनाएको छ । सम्बन्धित वडाका वडाध्यक्ष वडा सदस्य प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, अनुगमनका क्रममा उपभोक्ता हित संरक्षण महासंघका प्रतिनिधि सम्बन्धित शाखाका कर्मचारी लगायतका सहभागिता रहेको नगरपालिका बजार अनुगमनको सदस्य सचिवसमेत रहनु भएका सामाजिक विकास तथा राजश्व शाखा प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।


उहाँका अुनसार बुधबार वडा नं. १ बाट बजार अुनगमन सुरु भए पनि क्रमिक रुपमा दशवटै वडाका बजारको अनुगमन गरिनेछ। अनुगमनका क्रममा पसलहरु नगरपाकिामा दर्ता भए नभएको, पसलमा विक्रीका लागि राखिएका सामाग्रीको मूल्य सूची सार्वजनिक गरिएको वा नगरिएको, खाद्य सामाग्रीहरु खान योग्य भए वा नभएको लगायतका क्षेत्रलाई आधार मानेर बजार अनुगमन गरिएको थियो । अनुगनका क्रममा आयोग्य सामान तथा अखाद्य सामाग्रीहरुहरु विक्री वितरण नगर्न सचेत गराइएको छ । अनुगमनमा केही मासु पसल फोहोर भेटिएकाले मासु पसल र पसल वरपर सफा गरेर मात्र मासु विक्री वितण गर्न मासु पसल धनीलाई सचेत गराइएको अधिकारीले बताउनुभयो ।


आगामी दिनमा गरिने अनुगनका क्रममा यस्तै गल्ती भेटिएन सम्बन्धित पसल धनीलाई कारवाही गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले बिहान र दिउँसो ३ बजेदेखि बजार अनुगमन गर्ने कार्य तालिका बनाएको छ । दिउँसोको समयमा नगरपालिकामा सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै नगरपालिकाले बिहान र दिउँसो ३ बजेपछि मात्र बजार अनुगमन गर्ने कार्यतालिका बनाइएको हो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहभित्रको बजारको अनुगमन गर्ने अधिकार सम्बन्धित स्थानीय तहको हुने व्यवस्था गरेको छ ।


विभन्नि आश्रमको अनुगमन
नार्गाजुन नगरपालिकाले साउन १७ गते नै नगरपालिका क्षेत्रका वाल वालिका सेवा आश्रम , वृद्ध आश्रम तथा विभन्नि सुधार केन्द्रको अनुगमन गरेको छ । नागार्जुन नगरपालिका अन्तर्गत उप–प्रमुख सुशीला अधिकारीको संयोजकत्वमा वाल वालिका सेवा आश्रम , वृद्धाआश्रम तथा सुधार केन्द्रको अनुगमन गरिएको हो । संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको योजना अनुगमन सम्बन्धी जिम्मेवारी स्थानीय तहको उपप्रमुखको संयोजकत्वमा हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार नगरपालिका बालबालिका सेवा आश्रम तथा बृद्धाआश्रमको अनुगमन गरेको हो ।

प्रतिकृया