• 7:32 pm

सोनापुर मिनरल्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति

प्रकाशित मिति

२०८० श्रावण १८ गते, बिहीबार १०:५६

१८ श्रावण २०८०, काठमाडौँ: नेपाल धितोपत्र बोर्डले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । आज बसेको बोर्ड बैठकले कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल एक करोड २३ लाख २०० कित्ता आईपीओ निष्कासन गर्न पाउने अनुमति भएको हो ।


जसमा कम्पनीले स्थानीय र कर्मचारीलाई प्रतिकित्ता २२५ रुपैयाँमा (अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप) आईपीओ निष्कासन गर्नेछ । अंकित मूल्य १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा थप गरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका र सर्वासाधारणलाई प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गर्नेछ ।


आईपीओको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।

प्रतिकृया