• १२ असोज २०८३, सोमबार
  • ५ः२६ बिहान

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ०१:३४

१४ श्रावण २०८०, काठमाडौँ : अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

National Life

अख्तियारले आइतबार विशेष अदालत, काठमाडौँमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध बिगो रु.१,०४,०३,९४१.८३ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेकाे हाे ।


अधिकृत पुरीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी आएसँगै उनीविरुद्ध आयाेगले अनुसन्धान थालेकाे थियाे।

Classic Tech Mobile
Classic Tech Desktop

उनले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती श्रृजना गिरीको नाममा राखेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।


पूरीकाे नाममा रहेको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र श्रृजना गिरीलाई समेत प्रतिवादी कायम गरी आरोप-पत्र दायर गरिएको हाे।

प्रतिकृया