• 11:56 am

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ०१:३४

१४ श्रावण २०८०, काठमाडौँ : अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।


अख्तियारले आइतबार विशेष अदालत, काठमाडौँमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध बिगो रु.१,०४,०३,९४१.८३ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेकाे हाे ।


अधिकृत पुरीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी आएसँगै उनीविरुद्ध आयाेगले अनुसन्धान थालेकाे थियाे।


उनले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती श्रृजना गिरीको नाममा राखेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।


पूरीकाे नाममा रहेको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र श्रृजना गिरीलाई समेत प्रतिवादी कायम गरी आरोप-पत्र दायर गरिएको हाे।

प्रतिकृया